एमसीसीले ढोका खोलेपछि एसपीपी आयोः महरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ढोका खोलेका कारण एसपीपी आएको बताउनुभएको छ । महराले सत्ता गठबन्धन, प्रतिपक्षसँगै चौतर्फी विरोधका कारण एसपीपी स्थगित भएको बताउनुभयो ।

सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै महराले एसपीपी अहिले स्थगित भएपनि विरोध सेलाएपछि सम्झौता भित्रभित्रै गर्ने हुन कि भन्ने शंका कायमै रहेको बताउनुभयो । महराले भन्नुभयो, ‘एसपीपी सम्झौताको सत्ता गठबन्धनमै विरोध भयो, सरकारले पनि गर्दैनौं भन्यो, प्रतिपक्षले पनि विरोध जनायो, संसद बाहिर रहेको राजनीतिक दलहरुले पनि विरोध जनाए र सम्पूर्ण देशभक्त नेपालीको विरोधका कारण रोकिएको छ । तर, मलाई शंका छ, विरोध सेलाउँदै गएपछि भित्रभित्रै फेरि सम्झौता त गर्ने होइनन् ?’ महराले देश साम्राज्यवादी कित्तामा जाने हो कि भन्ने चिन्ता र शंका कायमै रहेको बताउँदै सबै सतर्क हुनुपर्ने धारणा राख्नुभयो ।

विदेशी हस्तक्षेप रहेसम्म किसानको मुक्ति सम्भव नभएको बताउँदै महराले भन्नुभयो, ‘राष्ट्रिय स्वाधिनताको आन्दोलनपछि मात्र किसान मुक्ति सम्भव छ, त्यसैले सम्पूर्ण किसानहरु मुक्ति आन्दोलनमा प्रतिवद्ध हुनुपर्छ ।’ अवस्था गम्भीर भएपनि निरास हुनेभन्दा साम्राज्यवादी हस्तक्षेप र सामन्तवादी उत्पीडनविरुद्ध किसान एक जुट हुुनुपर्ने बताउनुभयो । किसानको समर्थन र सहभागीताकै कारण जनयुद्धबाट अहिलेको परिवर्तन प्राप्त भएको बताउनुभयो ।सरकारले ल्याएको सैद्धान्तिक रुपमा राम्रो भएको बताउँदै किसानलाई आत्मनिर्भर बनाउन सरकारले उत्पादनमा जोड दिनुपर्नेमा महराले जोड दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार