करको दररेटमा राष्ट्रघात भएको छैन, प्रमाणित भए जिम्मेवारी लिन्छु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गर्नुभएको छ । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उहाँले दावी गर्नुभयो। अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार