काँग्रेस डराउनु पर्दैन, निर्वाचन अघि वाम एकता सम्भव छैन : एमाले

काठमाडौँ । नेकपा एमालेले संघीय निर्वाचनअघि वा एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गर्नुभएको छ । ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा माओवादीले काँग्रेससँग बागर्नेनिङ गर्न चलाएको सुनियोजित हल्ला भएको दाबी गर्नुभयो।

‘काँग्रेस डराउनु पर्दैन, तत्काल वाम एकताको सम्भावना छैन’, ज्ञवालीले भन्नुभयो । उहाँले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताउनुभयो । एमाले अहिले बलियो राष्ट्रिय शक्ति बनाउने पक्षमा केन्द्रीत रहेको उहाँको भनाइ छ । आदर्श र निष्टाका राजनीतिक गर्ने वामपन्थी एमालेमा जोडिन सक्ने उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार