काठमाडौंमा बाहिरी चक्रपथ बन्ने प्रक्रिया केही पनि अघि बढेको छैन : मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विगतदेखि चर्चामा रहेको काठमाडौंंको बाहिरी चक्रपथ सडक बारेमा कुनै प्रक्रिया अघि नबढेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले जुन ठाउँमा बाहिरी चक्रपथ बन्ने भनिएको थियो त्यो ठाउँमा चक्रपथ बन्छ कि बन्दैन भन्ने कुरामा सन्देश रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘जहाँ जहाँबाट चक्रपथ बन्छ भनिएको थियो त्यहाँ बन्ने कुरामा सन्देश थियो । उदाहरणका लागि चोभार सुख्खा बन्दरगाहदेखि सतुङ्गलसम्म ६ किलोमिटर बाटोमा जहाँ बाहिरी चक्रपथ भनेर सर्भे गरिएको थियो, ती कयौँ ठाउँमा आज सरकारी भवन बनेका छन् । यदि मुआब्जा दिएर बनाउने हो भने राज्यले साढे ३ अर्ब मुआब्जा दिनुपर्ने अवस्था छ ।

सबै ठाउँमा जग्गाको अत्यधिक कित्ताकाट भएको हुनाले त्यसको बारेमा पुनः अध्ययनको खाँचो देखिएको छ ।’उहाँले काठमाडौंको दीर्घकालीन विकासका लागि मास्टर प्लान बनाउने काम भइरहेको बताउनुभयो । यस्तै उहाँले सिंहदरबार आसपासका घरहरूको मापदण्ड कस्तो रहने, बिदाको दिन विद्यार्थी कसरी सिंहदरबार घुम्न पाउने, कस्ता–कस्ता कार्यालय रहने भन्नेबारेमा मास्टर प्लान बनाइरहेको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार