मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुग्नुभएको छ ।

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुग्नुभएको हो । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुग्नुभएको हो । अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहनुभऐको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार