शेरबहादुर कहिल्यै निर्वाचन जितेर प्रधानमन्त्री हुनुभएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गर्नुभएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताउनुभएको हो । उहाँले एमालेले ५ बर्ष सरकार चलाउन पाउने हो भने अरु पार्टीले साइनबोर्ड झुन्ड्याउन सक्ने अवस्था समेत नहुने बताउनुभयो ।

‘एमालेले ५ वर्ष मुलुकको शासन व्यवस्था चलाउन पाउने हो भने अरु कुनैपनि पार्टीले पार्टीको साइनबोर्ड राख्न स्थिति नहुने भो’, ओलीले भन्नुभयो, ‘त्यही भएर मुद्दा मामिला अहिलेको जस्तो ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भन्नुभयो, ‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट । ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो ।’ शेरबहादुर देउवा निर्वाचनबाट जितेर प्रधानमन्त्री नभएको इतिहास रहेको ओलीको भनाइ छ ।

‘उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भा छैन । पार्टीभित्रको जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ’, ओलीको भनाइ छ । ओलीले नेकपा एमाले नेपालको एकमात्र नेता रहेको दाबी समेत गर्नुभयो । ‘नेकपा एमाले नेपालको एकमात्र नेता हो’, ओलीको भनाइ छ । एमाले नेता भएकै कारण उहाँले पुँजीवादी शक्तिहरु कमजोर बन्दा एमालेसँग एक्लै लड्ने सामर्थ्य समेत नराख्ने दावी गर्नुभयो ।

‘हाम्रो देशमा पुँजीवादी शक्ति यसरी कमजोर भएका छन् उनीहरु एक्लै लड्ने सामर्थ्य राख्दैनन् । त्यहीँ भएर कम्युनिस्टको बर्को ओढ्ने, खोल ओढ्ने र विकाउ मालको वैशाखी टेकेर कम्युनिस्ट शक्तिसँग लड्नु परेको छ’, अध्यक्ष ओलीको भनाइ छ । उहाँले एमाले वामपन्थी कम्युनिस्ट शक्तिहरुमध्ये प्रमुख शक्ति मात्रै नभई हरेक हिसावले देशको प्रमुख राजनीतिक पार्टी रहेको दावी गर्नुभयो । ‘अरु पार्टीसँग राष्ट्रियताको, विदेशी सम्वन्ध, वैदेशिक सहायता, ऋण, लगानीको सम्बन्धमा उनीहरुको कुनै नीति छैन ।

के हो उनीहरुको नीति रु छैन’, ओलीले अरु पार्टीहरुले एमालेको नीतिलाई टिप टाप पार्ने गरेको बताउनुभयो । ‘हाम्रो नीतिमा टिका टिप्पणी गर्ने । ह्स्वदीर्घ, फुलिस्टप यता हुनुपर्ने यता भयो भन्ने मात्रै हो । हाम्रो नीतिमा विकल्प दिन सकेका छैनन’, ओलीले भन्नुभयो, ‘कुनैपनि नीति एमाले तय गर्छ, त्यसलाई विकृत व्याख्या गर्ने गर्नुभएको छ । राष्ट्र निर्माणको सोच छैन । हामी तय गर्छौ त्यसका आधारमा तोडमोड गरेर ।’ उहाँले आफुलाई देशभक्त भएको पुष्टि गर्ने प्रयास पनि गर्नुभयो । २००७ सालको प्रसंग निकाल्दै ओलीले राणा शासनपछि देशभक्तमाथि थप समस्या आएको जिकिर गर्नुभयो ।

‘राणा शासन फालिएपछि देशभक्तहरू काटिने, देशभक्तहरू मारिने, विदेश पलायन हुनुपर्ने, कोही हिउँमै हराउनुपर्ने यस खालका कुराहरू लोकतन्त्र भनिएको समाजमा भयो’ ओलीले भन्नुभयो, ‘लोकतन्त्रका सञ्चालक कस्ता आए रु कस्तो बिन्दुमा त्यो टुंगियो आन्दोलन ?, भन्दा फेरि पनि देशभक्त काटिने, मारिने, जेल हालिने देशभक्तले जेल तोड्नुपर्ने, फोड्नुपर्ने भाग्नुपर्ने मारिनुपर्ने, बेपत्ता हुनुपर्ने चरम यातना सहनुपर्ने, अंगभंग हुनुपर्ने, त्यहि स्थितिको लोकतन्त्र आयो ।’अध्यक्ष ओलीले नेपाली काँग्रेसले २०५१ पछि नेकपा एमालेले गरेको लोकप्रिय कार्यक्रमकै कारण एमालेको समेत लोकप्रियता बढ्दै गएको बताउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार