सडक विभागको हेलचेक्राँइले बाटो भासिँदा दुई यात्रुले ज्यान गुमाए : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सडक विभागको लापरबाहीका कारण पृथ्वी राजमार्गस्थित तनहुँको आँबुखैरेनीमा बाटो भासिँदा दुई यात्रुहरुले ज्यान गुमाउनुपरेको बताउनुभएको छ ।

सोमबार गृहमन्त्रालयमा बसेको विपद् कार्यसमितिको बैठकमा गृहमन्त्री खाँणले सडक विभागको लापरबाहीका कारण दुई नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभएको हो । उहाँले उक्त सडक भासिने कुरा सडक विभागलाई पहिल्यै जानकारी रहेको र र सडक चर्किसक्दासमेत हेलचेक्राँइ गरेको बताउनुभयो। गृहमन्त्री खाँणले नेपाल भूबनावटका कारणले विपद्को उच्च जोखिममा रहेको बताउँदै राज्यका सबै निकायले विपद्का घटनाबाट जोगिन समन्वयात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रविधिसँगै रेडियो, टिभीबाट विपद्को जोखिमका सूचना कम प्रवाह हुने गरेको बताउनुभयो । गृहमन्त्री खाँणले जोखिम सम्बन्धी पूर्व सूचना प्रशारणका कामलाई राष्ट्रव्यापी बनाउनुपर्ने बताउनुभयो । गृहमन्त्री खाँणले विपद्लाई व्यवस्थापन गर्ने र विपद्लाई ह्याण्डिल गर्ने क्रममा स्थायी रुपमा नै सूचना प्रशारणको सिस्टम विकास गर्नुपर्ने बताउनुभयो।

गृहमन्त्री खाँणले विपद् व्यवस्थापनमा आफूसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना र अल्पकालीन योजना सम्बन्धित विभाग र मन्त्रालयलाई साँझ ५ बजेसम्म उपलब्ध गराउन निर्देशन दिनुभयो । उहाँले यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा विपद् सम्बन्धी निकाय र मन्त्रालयहरु कसरी अघि बढ्ने योजना छ भन्ने लिखित योजना पेस गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, ‘मन्त्रालय र सम्बन्धित विभागले आज बेलुका ५ बजेभित्र दुई वटा काम गर्नुहोला ।

एउटा विपद्का व्यवस्थापनमा हामीसँग सम्बन्धित विभाग वा मन्त्रालयसँग सम्बन्धित विपद् न्यूनिकरणका दीर्घकालीन योजना के छन्रु र तत्काल यो वर्ष आउने विपद्को सामना गर्न तयारी के छरु के के छन्, सामानहरु त्यो लेखेर दिनुहोस् । विपद् व्यवस्थापन सम्बन्धित मन्त्रालयको दीर्घकालीन योजना के छ ? र यो वर्ष निर्धारित गरेको बजेट र त्यसको पूर्व तयारीमा हामी कसरी अघि बढ्दैछौँरु विभागले पनि दिनुहोला, आधा दीर्घकालीन, आधा आपत्कालीन।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार