४ लाख मेट्रिक टन मल आजै, अहिल्यै चाहियो : अधिकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्नुभऐका थियो ।

‘सबैभन्दा ठूलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले चाहिएको छ । हाम्रो माननीय कृषिमन्त्रीले भारतसँग केही मेट्रिक टन डेढ लाख मेट्रिक टनजस्तो ल्याउन जीटूजीमार्फत ल्याउन खोज्नुभयो भन्ने सुनियो तर भारतले भन्यो ६५ हजार मेट्रिक टनभन्दा बढी दिन सक्दैनौं भन्यो,’ उहाँले भन्नुभयो, ‘त्यो पनि कहिले ल्याउने हो थाहा छैन । असोजमा हो कि बाटैतिर छ कि १ हाम्रो मुख्य चासो कहिले, कति मल आउँछ रु हामीलाई चाहिने चार लाख मेट्रिक टन धान बालीको लागि म कहिले ल्याउनुहुन्छ रु यो अत्यावश्यक छ । त्यो मल आजै चाहियो, अहिल्यै चाहियो ।’

किसानले तत्काल मल खोजिरहेकाले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने उनको माग थियो । स्थगन प्रस्ताव ल्याएकोप्रति सत्तारुढ दलका सांसदहरूले असन्तुष्टि जनाएका थिए । अधिकारीले भने सत्तारुढ दलका सांसदहरूले प्रतिनिधिसभा नियमावली पढ्न सुझाए । एमाले सांसदहरूले ल्याएको स्थगन प्रस्तावले संसद्को सुन्दरता उजागर गरेको उनको तर्क थियो । ‘संसद्को सुन्दरतालाई उजागर गरेको छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद १२ अनुसार स्थगन प्रस्ताव राखिएको हो,’ उहाँले भन्नुभयो ।

कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले भने संसद् भएपछि यस्ता प्रस्ताव आउने भन्दै एमालेप्रति व्यंग्य गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘जसरी आएको भए पनि किसानका लागि आवश्यक प्रस्ताव हो । यसलाई स्थगन प्रस्तावको सट्टा अरु प्रस्तावको रूपमा आएको भए राम्रो हुन्थ्यो । यी सबै खालका प्रस्ताव तब आउने रहेछ जब संसद् हुन्छ ।’अहिले मलको अभाव हुनुमा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रणाली नबसालेको र मल खरिदमा अनियमितता गरेकाले भएको विश्वकर्माको भनाइ थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार