यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

सुर्खेत । मुगुमा यार्सा संकलनको सुरक्षार्थ खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ। मुगम कार्मारोङ गाउँपालिका–२ ठूलीकोशी रिमार लेकमा यार्सा संकलनमा खटिएका सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार बिहानदेखि टाउको दुख्नुका साथै श्वासप्रश्वासमा समस्या आएको थियो। उनीसँग यार्सा संकलन सुरक्षार्थ खटिएका अरू प्रहरीले उनको उद्दार गरी मुगुकै सीमा प्रहरी चौकी पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि बुधबार बिहान साढे ११ बजे हेलिकप्टरमार्फत् नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको थियो।

कोहलपुरमा उपचारको क्रममा सवा २ बजे सहायक प्रहरी हवल्दार सिंहको मृत्यु भएको कर्णाली प्रदशे प्रहरी कार्यालयले जनाएको छ।बाँकेको कोलपुर–११ का सिंह २०६७ सालदेखि प्रहरी सेवा प्रवेश गरेका थिए। उनी २०७७ देखि मुगु जिल्लामा कार्यरत थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार