नेपालगन्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप

बाँके । नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार