कुनै प्रलोभन तथा लालचमा पर्दिनँ : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ ।

कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पार्नुभयो । अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उहाँले आफूलाई कुनै लालच नभएको प्रस्ट पार्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताउनुभयो । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उहाँले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार