नेपालगन्जको नापी कार्यालयमा आगलागी

नेपालगन्ज । नेपालगन्जस्थित नापी कार्यालयमा आगलागी भएको छ । हावाहुरी चलेका बेला एक्कासी बिद्युत सर्ट हुँदा आगलागी भएको हो। नेपालगन्जमा शनिबार बेलुका एक्कासी हावाहुरी चलेको थियो ।

हावाहुरीका कारण केहीबेरसम्म बिद्युत अवरुद्ध समेत हुन पुगेको थियो । शनिबार बेलुका करिव ७ बजेतिर सुरु भएको आगलागीबाट कार्यालयका कम्प्युटर, फर्निचर लगायत महत्वपूर्ण सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आगलागी लगत्तै पुगेको दमकल, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले आगलागीबाट कार्यालयको कम्प्युटर, फर्निचर लगायत महत्वपूर्ण सामानमा क्षति पुगेको बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार