राज्यले गर्न नसेकेको काम सहकारीले गरेको छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बचतबाट स्रोत र साधनलाई ऊर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अगाडि रहेको बताउनुभएको छ । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उहाँले बताउनुभयो ।

गृहमन्त्री खाणले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंको द सोल्टी होटलमा आजबाट सुरु भएको चौथो साकोस शिखर गोष्ठी, २०७९ को उद्घाटन गर्दै गृहमन्त्री खाँणले नागरिकको जीवन परिवर्तनमा समेत सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री खाँणले भन्नुभयो, ‘राज्यले गर्न नसकेको काम पनि सहकारी गरेको छ । दूरदराजका दिदीबहिनी, आमाहरूलाई सशक्त बनाउने र घर, समाज सुधार्ने काममा राज्य नपुगेको ठाउँमा पनि सहकारी पुगेको छ । सहकारीको भूमिका अहम छ ।’ सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरूले गरेको गलत कामको गुनासो बढ्दै गएको बताउँदै सम्पूर्णलाई एकीकृत सूचना केन्द्र कोपोमिसमा प्रविष्टित हुन आग्रह गर्नुभयो ।

सहकारीहरीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आएकोले त्यस्तो नगर्न उहाँले सहकारी संघ संस्थाहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा रजिष्ट्रार पण्डितले सहकारी संस्था र सञ्चालकहरुलाई आफूलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यास नगर्न समेत चेतावनी दिनुभयो । यस्तो कार्यले सहकारीको भलो नहुने र सहकारीप्रतिको विश्वास समेत अझ गुम्ने उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार