शेर्पालाई देउवाको आश्वासन : असार दोस्रो साता नेविसंघले पूर्णता पाउँछ

काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले असार दोस्रो सातासम्म नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई पूर्णता दिने बताउनुभएको छ । सभापति देउवाले नेविसंघका सभापति दुजाङ शेर्पालाई केही दिनभित्रै समितिलाई पूर्णता दिने तयारीमा रहेको सुनाउनुभएको हो ।

शेर्पाले सभापति देउवासँग नेविसंघ गतिविधि , केन्द्रीय समिति विस्तार, ३ त्रिविको तालाबन्दी खुल्ला, संस्कृत विश्वविद्यालय, नेविसंघ सदस्यता वितरण र १२ औँ अधिवेशन सम्बन्धित छलफल गर्नुभएको थियो । शेर्पाका अनुसार देउवाले नेविसंघको समितिलाई पूर्णता दिन गृहकार्य भइरहेको र केही दिनभित्रै पूर्णता पाउने बताउनुभएको थियो । नेविसंघको जिल्ला अधिवेशन मंसिर अगावै सम्पन्न गरी अघि बढ्न देउवाले निर्देशन दिएको शेर्पाले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार