जिसस म्याग्दीको निर्वाचनका लागि मनोनयन दर्ता

बेनी । असार ५ गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनका लागि नेकपा एमाले र कांग्रेस माओवादी गठबन्धनका तर्फबाट बुधवार उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले जिसस प्रमुख पदमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्रीको उम्मेदवारी दर्ता गराएको छ । यसैगरी कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले प्रमुखमा मन कुमारी विक र उपप्रमुखमा सोहन श्रेष्ठको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गठबन्धनका तर्फबाट अन्य सदस्यहरुमा उम्मेदवारी नपरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित हुनुभएको छ । मनोनयनको अन्तिम समयावधिसम्म सदस्य पदमा ७ जनाको मात्रै उम्मेदवारी परेकाले नेकपा एमालेका सबै उम्मेदवारहरु निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट प्रमुख पदमा उम्मेद्धारी दिनुभएका थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो । कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएकी वि.क बेनी नगरकार्यपालिका सदस्य र श्रेष्ठ बेनी वडा नम्बर ७ को वडा सदस्य हुनुहुन्छ ।

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धवलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाई (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकारी विश्वकर्मा निर्विरोध चयन हुनुभएको छ । बुधवार नै उम्मेद्वारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।

२ गते उम्मेदवार उपर उजुरी, सोही दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेद्वारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने र ५ गते मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार रहेको थियो । एमालेको ७ मत, काँग्रेस ३ र माओवादीको २ मतभार छ । काँग्रेस र माओवादीको गठबन्धन हुँदा पनि एमालेको एकल बहुमत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार