पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्न सुझाव

काठमाडौं । सांसदहरुले सरकारलाई पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न सुझाव दिएका छन् । चीन लगायतका देशले रुस–युक्र्रेन युद्धपछि सस्तो बजार खोजेर पेट्रोलियम पदार्थ लिने प्रयास गरेको उल्लेख गर्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले अन्य कतिपय देशरुले पनि पेट्रोलियम पर्दाथ खरिदका लागि सस्तो बजार खोजेको पाएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल सरकारलाई पनि आग्रह गर्दै भन्नुभयो, ‘हामी पनि सस्तो बजार किन खोज्दैनौं रु’उहाँले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउन पनि आग्रह गर्नुभयो । यस्तै नेपाली कांग्रका सांसद दिव्यमणि राजभण्डारीले पनि पेट्रोलियम पदार्थ खरिदका लागि सस्तो बजार खोज्न आग्रह गर्नुभयो ।

नेकपा एमालेका सांसद नवराज सिलवालले मुल्यबृद्धि घटाउने सरकारको योजना के छ रु भनेर प्रश्न गर्नुभयो । जनतालाई राहत दिने कार्यक्रम ल्याउन उनको सुझाव छ ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थका लागि भारतको विकल्प खोज्नुपर्ने बताउनुभयो । ‘भारतमा भर पर्दा नेपालमा समस्या भएको हो’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार