पार्टीको चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भने : भ्रष्टहरूको दिमागमा घण्टी बजाउँछौं

काठमाडौँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राख्नुभएको छ । आज राष्ट्रिय सभागृहमा पार्टीको घोषणापछि चुनाव चिन्ह सार्वजनिक गर्नुभएको हो ।

पार्टीको प्रस्तावित चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भन्नुभयो, ‘हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं।’ उहाँले आफू राजनीतिमा राजनीतिको हिलो सफा गर्न आएको पनि उल्लेख गर्नुभयो ।

उहाँले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार