लगातारको वर्षापछि धनगढीको बजार क्षेत्र जलमग्न

धनगढी । दुई दिनदेखिको अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको बजार क्षेत्र जलमग्न भएको छ ।उपमहानगरपालिकाको वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।

धनगढीमा पानीको निकास नहुँदा बर्सेनि सामान्य वर्षामासमेत जलमग्न भएपछि स्थानीयवासीले डुबानको समस्या भोग्ने गरेका छन् ।धनगढीमा मंगलबारदेखि परिरहेको पानी बिहीबार बिहानसम्म रोकिएको छैन । वर्षा नरोकिएमा नगर क्षेत्र डुबानमा पर्ने चिन्ता व्यक्त गरिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार