मालिका गाउँपालिकामा दुई दिने तालिम सुरु (तस्बिरहरु )

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कर्मचारीहरुका लागि दुई दिने तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा शुक्रबारदेखि गाउँपालिका केन्द्र वडा नम्बर ६ ,छ्यारछ्यारे स्थित सभाहलमा सुरु भएको हो । तालिममा गाउँपालिकाका सबै शाखाका कर्मचारीहरुको सहभागिता रहेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले तालिमको उद्घाटन गर्नुभयो । प्रजिअ रानाले स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई थप मितव्ययी एव्म प्रभावकारी बनाउन तालिमले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले तालिमले कर्मचारीहरुलाई थप प्रोत्साहन मिल्नेमा विश्वास व्यक्त गर्दै गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाको सेवा प्रवाहलाई थप सहज तथा प्रभावकारी बनाउन आफुले सहयोग गर्ने बताउनुभयो ।

मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमाया विटालुका अनुसार, पहिलो दिन प्रजिअ रानाले मितव्ययी सेवा सेवा प्रवाह ,कर्मचारी तथा प्रशासन सम्बन्धी र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सुशासन ,प्रशासन र स्थानीय सरकार संचालन सम्बन्धी र प्रशिक्षण दिनुभएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले,वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी ,वडा नम्बर ४ का वडा अध्यक्ष भेजेन्द्रमान पुन ,वडा नम्बर ५ का वडा अध्यक्ष मिम पुन ,वडा नम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोका र ७ का वडा अध्यक्ष टकबहादुर पुन लगायतको उपस्थिती रहेको थियो । अध्यक्ष गर्बुजाको अध्यक्षता ,कार्यकारी निर्देशक विटालुले संचालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार