एकीकृत समाजवादीको झण्डासहित किर्गिस्तानको लेनिन पिक चढ्दै लालबहादुर

काठमाडौँ । आरोही लालबहादुर जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्ने हुनुभएको छ । नेपालका सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिससकेका जिरेलले किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लाग्नुभएको हो ।

उहाँलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बिदाई गर्नुभयो । जिरेलले उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा फहराउने नेपालले बताउनुभएको छ । सो अनुसार उहाँलाई पार्टी केन्द्रीय कार्यालयमा उक्त झण्डा हस्तान्तरण नेपालले बताउनुभयो । दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको शुभकामना पनि नेपालले दिनुभएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार