नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटियो

काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो।

अस्पतालले अघिल्लो हप्ता गरेको जिन सिक्वेन्सिङमा बीए फाइभ भेटिएको जनाएको छ। अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा।डा।राजीव श्रेष्ठले अस्पतालमा आएको नमुनालाई परीक्षण गर्दा ‘बीए फाइभ’ पुष्टि भएको बताएका छन् । तर,उक्त संक्रमित व्यक्ति कहाँको हो भन्ने कुरा अहिलेसम्म नखुलेको उनको भनाइ छ। यसले नेपालमा ओमिक्रोनको उपप्रजाति बीए फाइभ फैलिएको देखिने उनले बताएका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार