मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन : यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भन्नुभयो, ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी छैन । उहाँले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताउनुभयो । मन्त्री यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिनुहुन्छ । उहाँ मन्त्री फिर्ता बोलाउन नहुने पक्षमा हुनुहुन्थ्यो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार