बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उहाँले बजेट केही घरानाको जस्तो मात्र भएको बताउनुभएको हो ।

‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उहाँले भन्नुभयो, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’

बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीले आरोप लगाउनुभयो ।‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ’ उहाँले भन्नुभयो, ‘यहाँ त करका दर कति राखौं, तिमीहरुलाई कति कति चाहिन्छ ‘?’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार