मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बेनी। म्याग्दीको मंगला गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । साेमबार एक कार्यक्रमका विच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

चालु  आर्थिक वर्ष २०७८ ७९ मा मंगला गाउँपालिका भित्रका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाइएकाे छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकाले लक्षित उमेर समुहका २७० जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने १२ प्रकारका रोग विरुद्धको सबै खोप लगाएका जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलाका १८ वर्ष भन्दा माथि उमेरका १० हजार ४८२ जनाले कोरोना भाइरस विरुद्धको दुवै चरणको खोप लगाइसकेका छन् । जनप्रतिनिधी र स्वास्थयकर्मीहरुले आगामी दिनमा लक्षित समुदायका सवै बालबालिकालाई खोप सुविधा उपलब्ध गराउने प्रतिविद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

जिल्ला खोप समन्वय समितिको तर्फबाट जिसस प्रमुख राजकुमार थापा र सदस्य सचिव स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले पूर्णखोप सुनिश्चितता गाउँपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

जिसस प्रमुख थापा, उपप्रमुख डिलकुमारी खत्री, स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री (पेमा) र प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंङ्गानालाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । पूर्णखोप सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रीयाहरु पुरा गरी घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक रोकाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार