अन्नपूर्ण गाउँपालिकाद्वारा वडाबाटै भत्ता वितरण

म्या म्याग्दी । ग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित  शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले सोमबार वडा नं १ दोबाबाट भत्ता वितरण सुरू गरेको हो ।

गाँउपालिका अध्यक्ष भरतकुमार पुन, वडा अध्यक्ष दिलिप कुमार पुनको उपस्थितिमा १०८ बर्षका मनबहादुर राम्जाली सहित १ सय २६ जनालाई भत्ता वितरण गरिएको शाखा प्रबन्धक श्याम थापाले बताए ।गाउँपालिका अध्यक्ष पुनले वित्तिय संस्थालाई वडामै पुगेर सेवा उपलब्ध गराउन आवश्यक सहयोग गरिने बताए । उनले अशक्त , जेष्ठ नागरिक र अपाङ्गलाई मध्यनजर गदैं सबै ८ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न जनप्रतिनिधि तयार रहेको बताए ।

 

दोबामा १४ लाख ३२ हजार ५ सय भत्ता वितरण गरिएको थियो। ‘हामीले जनप्रतिनिधिको उपस्थितीमा वडामै पुगेर वितरण गछौ,‘यो सामाजिक उत्तरदाहित्व अन्तरगत पनि पर्छ’ बैकका प्रबन्धक थापाले भने । गाउँघरबाट बैंकमा आउजाउ गर्दा अशक्त, जेष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि विगतमा समेत वडामै पुगेर सेवा दिने गरिएको थापाको भनाई छ । वडाबाट शाखासम्म आउँदा लाग्ने समय, यातायात सहित अन्य खर्च बचत भएको भन्दै बृद्धबृद्धा समेत उत्साहित भएका छन्।

म्याग्दीका अन्य स्थानीय तहले समेत वडामै पुगेर भत्ता वितरण गर्न सम्झौता गरिएका बैंकहरुलाई ताकेता गरेपनि बैंकका कर्मचारी, वडा कर्मचारीले जनशक्ती, सुरक्षा लगायतका बाहना बनाउँदै शाखामै आएर लिन बाध्य बनाएका छन् ।

बेनी नगरपालिका अन्तरगतका अधिकांस वडाका बृद्धबृद्धा सदरमुकाम बेनीस्थित बैंकमा दिनभरी लाइनमा बसेर सेवा लिने गरेका छन् भने अन्य स्थानीय तहमा समेत बृद्धबृद्धालाई सास्ती हुने गरेको छ । भत्ताको लागि आफूले इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने नाममा रकम सम्बन्धित ब्यक्तीको हातमा नपुग्ने अवस्था भएकाले वडामै पुगेर वितरण गर्दा प्रभावकारी हुने जनप्रतिनिधिको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार