देविस्थानमा घरदैलाेमै सामाजिक सुरक्षा भत्ता वितरण (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानमा घरदैलाेमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा नम्बर ६ दरबाङ स्थित शाखा कार्यालय रहेको गरिमा विकास बैंक र वडा कार्यालयको समन्वयमा बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

वडा अध्यक्ष मिम पुन सहित वडाका जनप्रतिनिधि ,कर्मचारी तथा बैंकका कर्मचारी ,सुरक्षाकर्मी सहितको टोलिले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव धर्मकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुुसार, बुधबार वडाका ओखलढुङ्गा,पन्थोक र मगरदाङबाट भत्ता वितरण गरिएको हो ।

दुई सय ८९ जना सेवाग्राहीलाई ३२ लाख रुपैयाँ भत्ता वितरण गरिएको छ । बर्षातको समयमा जेष्ठ नागरिक संगै अपाङ्गता भएका व्यक्तीहरुलाई सहज होस् भन्ने उद्धेश्यले वडाका बस्तीमै पुगेर भत्ता वितरण गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो । घरदैलोमै सामाजिक सुरक्षा भत्ता पाउँदा सेवाग्राही खुशी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार