राजीनामा दिएको २५ दिनपछि शर्मा फेरि अर्थमन्त्री नियुक्त

  म्याग्दी न्युज संवाददाता

काठमाडौं ।बजेट निर्माणको अन्तिम समयमा अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजस्वको दर हेरफेर गरेको ’आरोप लागेपछि विवादमा पर्नुभएका माओवादी नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त हुनुभएको छ ।

बजेट निर्माणसँग सम्बन्धित विवादबारे छानबिन गर्न गठित संसदीय समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने आधार नभेटिएको उल्लेख गर्दै शुक्रवार आफ्नो प्रतिवेदन बुझाएको थियो।उहाँलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अर्थमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले वक्तव्यमार्फत् जनाएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नेगरी नियुक्ति एवं कार्यभार तोक्नुभएको छ,’ राष्ट्रपति कार्यालयबाट प्रकाशित वक्तव्यमा भनिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार