रुमको गाल्दामा पहिरोले पुरिएर दुई जनाको मृत्यु ,तीन बेपत्ता

दुई जना घाइते

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुम स्थित गाल्दामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।मंगलबार बिहान करिब पाँच बजेको समयमा बस्ती माथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी ३७ बर्षिय घामबहादुर बिकका १७ बर्षिया जेठो छोरा नबिन बिक र १४ बर्षिय कान्छा छोरा राजन बिकको मृत्यु भएको छ भने । घामबहादुर सहित ३२ बर्षिया श्रीमति रामु बिक र ८ बर्षिया छोरी रोजी बिक बेपत्ता हुनुभएका वडा सदस्य भक्तिप्रसाद पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार,सोही पहिरोले गोठे बिकको दुई घर पुरिएको हो । पहिरोले घर पुरिँदा गोठे बिक र उहाँकी श्रीमति गोरी बिक घाइते हुनुभएको छ । अहिलेसम्म मृतक घामबहादुरका जेठा छोरा नबिन र कान्छा छोरा राजनको शव निकालिएको छ । भने तीन जना अझै बेपत्ता छन् । स्थानीय युवाहरु तिलक पुन ,यामबहादुर बिक लगायतको टोली घटना स्थलमा उद्धारमा खटिएका छन् । यसैगरी पहिरोमा घामबहादुरका दुई खच्चर समेत परिएका छन् । पहिरो झर्ने क्रम अहिले पनि रोकिएको छैन् । घाइते गोठे र गोरी बिकलाई उद्धार गरी उपचारको लागि रुम स्वास्थ्य चौकीमा लगिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार