प्रेस युनियन म्याग्दीद्वारा केन्द्रीय सदस्यमा निर्वाचित शर्मालाई बधाई तथा सम्मान

बेनी । हालै मात्र नेपाल प्रेस युनियनकाे केन्द्रिय सदस्यमा निर्वाचित  हुनुभएका  धुर्वसागर शर्मालाई युनियन म्याग्दी शाखाले बधाई तथा सम्मान गरेको छ । केन्द्रीय सदस्य  शर्मालाई प्रेस युनियन म्याग्दी शाखाले शुक्रबार बिहान एक कार्यक्रमका बिच बेनीमा बधाई ज्ञापन सहित सम्मान गरेको हो ।

साउन सात गते सम्पन्र  युनियनको हेटौंडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनमा शर्मा केन्द्रिय सदस्यमा  लोकप्रिय मत प्राप्त गरी विजयी हुनुभएको थियो । नेपाली कांग्रेस म्याग्दीका सभापति  खमबहादुर गर्बुजा ‘खम्विर’लेे बधाई व्यक्त गर्नुभयो । उहाँले म्याग्दीबाट प्रेस युनियनको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएको खुशी व्यक्त गर्नुहुँदै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।पत्रकारीता क्षेत्रको संरक्षण र प्रवद्र्धनको लागि पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।जिल्लाको हरेक क्षेत्रको प्रचारप्रसार गर्न र समाजका नराम्रा विकृती विरुद्ध निडर भएर कलम चलाउन समेत उहाँले आग्रह गर्नुभयो ।

शर्माले महाधिवेशनमा  साथ सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गर्दै संगठनलाइ शसक्त भएर अगादी बढाउन आफु प्रतिबद्ध रहेको शर्माले बताउनुभयो ।लामाे समयदेखी म्याग्दीमा पत्रकारितामा क्रियाशिल शर्मा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुनुहुन्छ भने प्रेस युनियन म्याग्दीको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । शर्मा राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स, इमेज टेलिभिजन, थाहा खवर रेडियो, अनलाईन लगायतका सञ्चार माध्ययममा आबद्ध हुनुहुन्छ ।

प्रेस युनियन म्याग्दी शाखाका अध्यक्ष राकेश शर्माको अध्यक्षता ,सचिब साधन राम्जालीले सञ्चान गर्नुभएकाे थियाे । कार्यक्रममा उपसभापति एवं बेनी नगरपालिका निवर्तमान मेयर  हरिकुमार श्रेष्ठ , उपसभापति केबी भण्डारी, सचिब हिरा पुन, निवर्तमान प्रवत्ता अजयमिलन श्रेष्ठ , महाधिवेशन प्रतिनिधि बिक्रम बोगटी,नेपाल तरूणादल म्याग्दीका उपाध्यक्ष तथा बेनी नगरकार्यपालिका सदस्य साेहन श्रेष्ठ , नेपाल विद्यार्थी संघ म्याग्दीका सभापति निर्मल खत्री,लगायतकाे उपस्थिती रहेकाे  थियाे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार