६० जिल्लामा डेंगु देखियो

एक महिनामै ४ सय बिरामी

  म्याग्दी न्युज संवाददाता

बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् छ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ । यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण गौतमले सोही अवधिमा ६० जिल्लामा डेंगुका केस भेटिएको बताउँछन् ।यसै गरी राजधानीका तीन जिल्लामध्ये ललितपुरमा १३७, काठमाडौँमा ४७ वटा केस देखिएको छ । डा. गौतम भन्छन्, ‘काठमाडौँमा यो वडा यो ठाउँका बिरामीलाई डेंगु भएको भन्ने आधार छैन । अस्पतालमा उपचार गराउन कहाँ कहाँबाट अस्पताल उपचार गराउन आइपुग्छन्, त्यसैको तथ्याङ्क हो ।’

ललितपुर जिल्लामा पहिलो केस असार ९ गते देखिएको थियो  । महालक्ष्मीस्थान, थसिखेल,  खुमलटारका विभिन्न स्थानमा गरी १३७ जनामा डेंगु देखिएको हो । अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो । अहिले भने सात महिनाको अवधिमा झण्डै साढे ७ सय जनामा डेंगु पुष्टि भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार