बाढी पहिरो पीडितलाई लायन्स क्लबको सहयोग

  म्याग्दी न्युज संवाददाता

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २,३, ४ र ५ का बाढी पहिरो पीडितलाई लायन्स क्लबले सहयोग राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय एलसी आइएफको डिजास्टार रिलिफ इमरजेन्सी ग्राण्ड र डिष्ट्रक ३२५ आई नेपालको डिजास्टर फण्डबाट प्राप्त आपतकालिन सामग्री वितरण गरिएको गाउँपालिकाका ४ वटा वडाका बाढी पहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष थम्मन गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार,१७साउनमा आएको अविरल बर्षातका कारण आएको बाढी पहिरो पीडित परिवारलाई आवश्यकता अनुसार भाँडाकुडा देखि दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गरिएको हो । वडा नम्बर २ को बेली ,गाल्दाका ७ ,वडा नम्बर ३ मा शेर र जिमिरेका २ ,वडा नम्बर ४ का महभिर र छिपछिपे गरी ६ तथा वडा नम्बर ५ का रुन्मा र ओखलढुङ्गाका ८ परिवारलाई राहत सामग्री वितरण गरिएकाे छ। प्रति परिवार दश हजार रुपैयाँका दरले भाँडाकुँडादेखि खाद्यान्न राहत सामग्री वितरण गरिएको हो ।

वडाका जनप्रतिनिधिले सिफारिस गरिएका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो । लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष गौतमको नेतृत्वमा वडाका जनप्रतिनिधि ,इप्रका दरबाङका प्रतिनिधि र स्थानीयको पस्थितीमा उक्त राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । रिजन चियरपर्सन मोतिराज गौतमले मालिका गाउँपालिका संगै मंगला गाउँपालिकाका विभिन्न वडाका बाढी परिहो पीडितलाई समेत राहत सामग्री वितरण गरिने जानकारी दिनुभयो । १७ साउनमा अविरल बर्षात संगै वस्ती माथिबाट खसको पहिरोले पुरिएर गाल्दामा एकै परिवारको ज्यान गरएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार