केन्यालाई नेपालको १ सय ७६ रनको लक्ष्य

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि केन्यालाई निर्णायक खेलमा नेपालले १७६ रनको लक्ष्य दिएको छ । केन्याको राजधानी नैरोबीमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।नेपालका लागि नेपाली ओपनरहरू मल्ल र अर्जुन साउदले राम्रो सुरुवात गर्नुभएको थियो । मल्ल र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्नुभएको थियो।

४४ बल खेलका मल्लले ५ चौका र २ छक्का प्रहार गर्नुभएको थियो । २१ बल खेलका साउदले ४ चौका र १ छक्काको मद्दतले २९ रन बनाउनुभयो । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभएको थियो । पवन सराफ १ रनमा आउट हुनुभएको थियो । मोहम्मद आदिल अलामले ४ रन बनाउनुभयो । त्यसैगरी पौडेलले २५ बल खेल्दै ४७ रन बनाउनुभयो । उहाँले ७ चौका प्रहार गर्नुभएको थियो ।५ वटा ट्वान्टी–ट्वान्टीको श्रृङ्खलामा नेपाल र केन्याले २–२ वटा खेल जितेका छन् । आजको खेलमा जित्नेले श्रृङ्खला जित्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार