पर्यटन प्रवद्र्धन बिषयक अन्तरक्रिया ,म्याग्दीको पर्यटन व्यवसाय धराशयी बन्यो : गौचन

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीमा पर्यटन दिवसको अवसरमा पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन पुनरुत्थान समिति म्याग्दीको आयोजनामा मंगलबार उक्त कार्यक्रम सम्पन्नभ भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा,प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना ,सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा लगायतले जिल्लाको पर्यन क्षेत्रको विकास ,प्रवद्र्धनका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य बिमला गौचनले पछिल्लो समयमा म्याग्दी जिल्लामा पर्यटन व्यवसाय धराशयी बनेको बताउनुभएकोछ । छिमेकी जिल्लाहरुमा पर्यटन फस्टाउने गतिविधि देखिए पनि म्याग्दीमा भने चहलपहल कम हुँदै गएको उहाँको भनाई थियो। पर्यटन व्यवसायी समेत रहनुभएकी गौचनले भन्नुभयो ,‘मैले २०४० सालदेखि गौचन गेष्टहाउसबाट पर्यटन व्यवसाय सुरु गरेको हुँ, राम्ररी चल्दै आएको व्यवसाय माओवादी द्धन्द्धकालपछि १२ वर्षदेखि यता द्यौलागिरीमा पर्यटन व्यवसाय ठप्प भएको हो ।’

म्याग्दी जिल्ला पर्यटनको हिसाबले सेन्टरप्वाइन्ट भएपनि पर्यटकको संरक्षण गर्न नसकेको टिप्पणी गर्दै उनले पर्यटन विकाससम्बन्धि कार्यविधिहरु पुग्न नसकेको बताउनुभयो ।कोभिड महामारी अघि बर्सेनि ६० हजार विदेशी पर्यटक आउने मुस्ताङमा गतवर्ष ३८ हजार विदेशी पर्यटक आएका थिए ।

कोभिडबाट मुस्ताङ जिल्ला पनि पर्यटनमा नराम्ररी प्रभावित बनेको नेता गौचनले सुनाउनुभयो । उहाँले थप्नुभयो , ‘कोरोना संक्रमण न्यूनिकरण हुँदै गर्दा गतवर्षदेखि मुस्ताङको पनि पर्यटन विस्तारै लयमा आउन थालेको छ ।’ धौलागिरी अञ्चलमा रहेको धार्मिक तथा पर्यटकीय महत्त्वपुर्ण स्थल कालीबराह कुण्ड म्याग्दीको चिम्खोला हुँदै जान सकिने भन्दै उहाँले सबैले एकपटक अवलोकन गर्नुपर्ने बताउनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार