म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)

  म्याग्दी न्युज संवाददाता

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले चामल वितरण गरेकी स्थानीयवासीले बताएका छन् ।

भिडिओ हेर्नुहाेस्…

२५ किलोग्राम तौल भएको कमल ब्राण्डको युएस प्रिमियम चामल १८ बोरा पठाएकोमा १० बोरा स्थानीयलाई वितरण गरेको र आठ बोरा चामल शनिबार फिर्ता गरेका हुन् । स्थानीयवासीका अनुसार तिहार अघि इग्रेमा गएकी बिटालुले मतदातालाई भेटघाट गरेर फर्केपछि दरवाङका ब्यापारीको बोलेरो गाडीमा चामल पठाइदिएकी थिईन् ।

चामल वितरण गर्ने जिम्मा पाएका स्थानीयवासी र एमाले नेता बिटाल बिचको कुराकानी भिडियो सम्बाद सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि बस्तु वितरण गर्न पाइदैन् । मतदाता प्रभावित बनाउन खोज्ने उम्मेद्वार र दललाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने देखि उम्मेद्वारी खारेज गर्ने सम्मको कारबाही व्यवस्था छ ।

“मिटिङ्ग बसेको मिति ठ्याक्कै थाहा भएन । बेगप्रसाद गर्बुजा र खरमाया बिटालु आउनुभएको थियो । मिटिङ्ग बसेर गएपछि खरमाया म्याडमले १८ बोरा चामल पठाइदिनुभएको थियो । एमालेलाई भोट हाल्ने कुरा भयो । एमालेलाई भोट हाल्चुङ भनेर नौ बोरा चामल लगेका छन् । एक पिस यहीँ मसँग छ्,“ स्थानीयवासीले भनेका छन् ।

एमालेको गाउँपालिका अध्यक्ष रहेका गर्बुजा निर्वाचित मालिका गाउँपालिका अध्यक्ष पनि हुन् । बिटालु मालिका गाउँपालिकको पुर्व उपाध्यक्ष हुन् । स्थानीयबासी र एमाले नेता बिटालुबिच चामल वितरणको विषयमा मोवाइलमा भएको सम्वाद वाहिरिएको छ ।
खरमाया– हजुर दाई नमस्कार ।
स्थानीयवासी–उके बहिनी । आठ पिस चामल मैले फर्काइदिएको छु है । वेदप्रसादको बोलेरोमा ।
खरमाया – बढी भयो र ?
स्थानीयवासी – हजुर ।
खरमाया – ए । ल । कति लग्नु भएको थियो ?
स्थानीयवासी – बढी भएको फर्केको म्याडम ।
खरमाया – कति पिस लगेको हो र ?
स्थानीयवासी – अठार पिस हो ?
खरमाया – किन ? थिएनन अरु ? त्यही तपाइले राख्या भए हुन्थ्यो नी ? पछि बाड्न हुन्थ्योनी ?
स्थानीयवासी – हजुर हुन्थ्यो करे । फेरी बढी भयो ।
खरमाया – ए हो ? पछि चाहियो भने फेरी सम्पर्क गर्नुहोस है त ।
स्थानीयवासी – ल ल हुन्छ ।
खरमाया – अरु के छ ?
स्थानीयबासी – ठिकै छ ।
खरमाया – केही त्यस्तो कम्पेलेनहरु त आएको छैनननी ? कसैले केही भनेका छैनन् नी ? लल ल ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार