पत्रकार बूढामगरलाई ज्यानमार्ने धम्की

म्याग्दी । बागलुङका सक्रिय पत्रकार एवम् नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ ।स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलोज सहित ज्यान मार्ने धम्की आएको पत्रकार बूढाथोकीले बताए ।गत शुक्रवार राती म्यासेन्जरमा अश्लिल गाली सहित ज्यान मार्ने धम्की आए पछि पत्रकार बूढामगरले प्रहरीमा उजुरी गर्नुका साथै साइबर व्युरोमा समेत उजुरी दिएको जानकारी दिए ।

व्यक्तिगत रुपमा आफ्नो शत्रु नभएका र धम्कीमा समाचारको विषय पनि नखुलाइएकोले कुन प्रयोजनका लागि धम्की आएको हो भन्नेकुरा खुल्न नसकेको पत्रकार बूढामगरले जानकारी दिएका छन् ।बागलुङको निसिखोला गाउँपालिका वडा नं ४ स्थायी घर भएका बूढामगर विगत ५ वर्षदेखि बागलुङ बजारमा वसेर पत्रकारिता गरिरहेका छन् ।

आफूले लेखेका समाचारहरु विशेषगरी विकास निर्माण र खोजमूलक हुनेभएकोले समाचारको विषयमा कसैले पनि आपत्ति गर्नु पर्ने ठाउँ नरहेको हुँदा समाचारको विषयमा नभइ अन्य कुनै प्रयोजनका लागि धम्की दिइएको हुनसक्ने पत्रकार बूढामगरले बताए ।जिल्लामा रहेर निश्पक्षरुपमा पत्रकारिता गर्दा ज्यानै लिनेसम्मका धम्की आएपछि असुरक्षित महशुस भएको पत्रकार बूढामगरको भनाइ छ । सम्वन्धित निकायले धम्कीदिने व्यक्तिको खोजी गरी कारवाही गर्न उनले माग गरेका छन् । पत्रकार बूढामगर रासस,थाहा खबर,नेपाल नेटवर्क टेलिभिजन लगाएतका संचारमाध्मयमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार