दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।मालिका गाउँपालिका, रोटरी क्लब अफ पोखरा फिस्टेल, आईसिओ (ICO) फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा मंसिर १५ देखि १७ गतेसम्म शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा मोतीया विन्दु शल्यक्रिया गरेका विरामीलाई खाना र बस्नको समेत व्यवस्था गरिएको रेडक्रस सोसाइटी दरबाङ उपशाखाका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार,जनप्रिय माविमा विहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा सहभागी भई आँखा जाँच गर्न गाउँपालिकाले आह्वान गरेको छ ।

यस अघि १७ गते सम्म हुनुपर्नेमा अन्यथा भएकाेले सच्चाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार