दरबाङमा तीन दिने निशूल्क आँखा शिविर सम्पन्न (तस्बिरहरु)

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–६ ,दरवाङमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ फिस्टेल पोखरा , मालिका गाउँपालिका ,आईसिओ फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा उक्त शिविर तीन दिन सम्म संचालन भएको थियो ।शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् ।

शिविरबाट ६८६ जनाले सेवा लिएका छन् । मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीका अनुसार , ७६ जनाको मोतियाबिन्दुको शल्यक्रिया र २०० जनालाई निशूल्क चश्मा वितरण गरिएको छ । ३ जनाको दुई वटै आँखाको शल्यक्रिया गरिएको थियो ।

हिमालय आँखा अस्पताल पोखराका नेत्रचिकित्सक डा.हरिबिक्रम अधिकारी, नेत्र सहायक कृतिका गुरुङ, धर्मेन्द्र घोरासैनी, टेकमाया गुरुङ, मनिका सुवेदी, कविता लामिछाने, दरवाङ आँखा उपचार केन्द्रका नेत्र सहायक राधिका पौडेल लगायत स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।

आँखा परिक्षण, परामर्श, औषधी, चश्मा र शल्यक्रिया सम्बन्धी सेवा निशूल्क प्रदान गरिएको थियो । मालिका, मंगला र धवलागिरी गाउँपालिकाका बासिन्दाले सेवा लिएका छन् । गाउँमै आँखा उपचार सम्बन्धी सेवा पाउँदा गरिव, विपन्न र अशाहयहरुलाई राहत मिलेको छ । पोखरा जाँदा हुने खर्च र समयको बचत भएको छ ।मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले निशुल्क आँखा शिविरबाट अस्पतालको पहुँच भन्दा बाहिर रहेका विरामीलाई ठुलो सहयोग पुगेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार