गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दीकी बिमला गौचन चयन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो । चार वटा दलले समानुपातिकतर्फका २४ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् ।

महिला संघ म्याग्दीकी सभापति एवं कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य समेत रहनुभएकी गौचन सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । स्वर्गीय राम गौचनकी धर्मपत्नी विमला राजनीति,सामाजिक सेवाका साथै पर्यटन व्यवसायी हुनुहन्छ । बेनीमा रहेको होटल यतिको प्रोपाइटर समेत हुनुहुन्छ । गण्डकीमा एमालेका १०, कांग्रेसका ९, माओवादी केन्द्रका ३ र राप्रपाका २ जना समानुपातिक सांसद छनौट भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार