भूरुङ तातोपानीका मृगौला पीडित पुर्जालाइ ३ लाखभन्दा बढी सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका मृगौला पीडित गोपाल पुर्जालाई नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नं २ ले उपचारका लागि ३ लाखभन्दा बढी सहयोग गरेको छ । मंगलबार प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेशसभाका सदस्य हरि भण्डारीले पीडित पूर्जाका श्रीमति सुमित्रा पूर्जालाई ३ लाख २६ हजार ३१५ रुपैयाँ संकलन गरी हस्तान्तरण गर्नुभएको होे ।

सामान्य कृर्षी पेसामा जिविकोपार्जन गर्दै आउनु भएका पूर्जाको उपचारको क्रममा दुबै मृगौलामा समस्या देखिएपछि डायलासिस र नियमित औषधीमा सहयोग गर्ने उदेश्यले आर्थिक संकलन गरिएको गोपाल पूर्जा बचाउ अभियानका अमृतमान शेरचनले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजाले विपिन्नको उपचारमा सहज हुने आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाउनुभएको थियो । हस्तान्तरण गरिएको रकमले उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । मृगौला प्रत्यारोपणका लागि महगो पर्ने भएकोले इच्छुक सबैले पुर्जालाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार