नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको छ । जिल्लाको बेनी नगरपालिका–७,स्थित मङ्गलाघाटमा म्याग्दी वितरण केन्द्रको भवन निर्माण भएको हो । प्राधिकरणले यसअघि नगरपालिकाको वडा नम्बर ८ गणेशटोल थित भाडाको घरबाट सेवा दिंदै आएको थियो ।

????????????????????????????????????

ठेकेदार कम्पनी त्रिशक्ति तिलक जेभीले एक करोड ८६ लाख रुपैयाँ लागतमा उक्त भवन निर्माण गरी प्राधिकरणलाई हस्तान्तरण गरेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिनुभयो । पुस ११ गतेदेखि नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न लागिएको उहाँले बताउनुभयो । तीन तलाको नयाँ भवनमा १५ वटा कोठाहरु रहेका छन् ।

नयाँ, सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही र कर्मचारीलाई सहज हुने उहाँको भनाई छ । बेनी–दरवाङ सडकदेखि भवनमा पुग्ने पहुँच मार्ग निर्माण सकिएपछि कार्यालय सारिएको छ । प्राधिकरणले विक्रम संवत २०५५ सालदेखि गणेशटोल भाडाको घरबाट सेवा दिँदै आएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार