होटल व्यवसायी महासंघको सचिवमा आचार्य र केन्द्रीय सदस्यमा बरुवाल

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीका ताराप्रसाद आचार्य (बाबुराम) नेपाल होटल व्यवसायी महासंघको केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधबार सम्पन्न महासंघको दशौ साधारणसभा तथा चौथो अधिवेशनबाट आचार्य सचिवमा निर्वाचित हुनुभएको हो । यसैगरी म्याग्दीकै होटल व्यवसायी सागर बरुवाल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

दुवै जना सर्वसम्मत चयन हुनुभएको हो । याक होटलका सञ्चालक आचार्य होटल व्यवसायी संघ म्याग्दीको अध्यक्ष र शिखर होटलका सञ्चालक बरुवाल जिल्ला सचिव हुनुहुन्छ । केन्द्रिय सचिवमा निर्वाचित आचार्यले म्याग्दीका होटल व्यवसायीहरुको समस्या समाधान र हक हितका लागि केन्द्रिय तहसम्म आवाज उठाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार