छैठौं करबिर मेमोरियल कप सुरु

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा छैठौं पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गर्बुजाले विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले प्रतिभाको पहिचान सहित खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नमा मदत पुग्ने बताउनुभयो । उहाँले खेलकुद र शिक्षालाई हरेक विद्यालयले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सोही अवसरमा वडा अध्यक्ष पथबहादुर रोका, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोम केसी, शिक्षा शाखा प्रमुख अशोक रिजाल, जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुबेदी लगायत स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, अभिभावकको सहभागिता रहेको थियो ।केबि एकेडेमीको खेल मैदानमा पालिकास्तरीय भलिबल प्रतियोगितामा ८ टिम,जिल्लास्तरीय फुटसलमा १७ टिमको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबलको विजेता र उपविजेताले क्रमश ३५ हजार, २० हजार र फुटलसको विजेता र उपविजेताले २५ हजार र १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक हिरा पुन, स्वागत प्रिन्सिपल बिमल शर्मा र सञ्चालन शिक्षक मिनबहादुर सुनारले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार