बेनीमा हेमन्त कान्छा रसाइली (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा लाेकप्रिय सारंगीबादक तथा गायक हेमन्त कान्छा रसाइलीले प्रस्तुत गर्नुभएको गितमा दर्शकहरु नाचे । सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेलाको अवसरमा बेनीको खुल्ला मञ्च स्थित स्टेजमा उक्लनुभएका हेमन्त कान्छाले भाग्यमानी गितबाट आफ्नो प्रस्तुत सुरु गर्नुभयो ।  चिसो मौसममा प्रस्तुत उहाँको ‘भाग्यमानी’  गितमा महोत्सवको प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समेत मजा लिनुभयाे।

उहाँले विहिबार साँझ भाग्यमानी सहित ‘म्याग्दीखोलेलाई’ ,‘लौरी तितेको’ ,‘पिरती’ र ‘थर बदल्नु पर्दैन’ जस्ता चर्चित पाँच वटा गित गाउनुभएको थियो । रसाइलीले हालसम्म १२ हजारभन्दा बढी गीतहरुमा सारंगीका धुन रेकर्ड गरिसक्नुभएको छ भने ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत भर्नुभएको छ ।

कार्यक्रममा  चर्चित पप गायक सम्भोज मल्ल ,दोहोरी गायीका शोभा कार्की ,दोहोरी गायक बालचन्द्र बराल ,लोक गायीका शान्ता परियार र मिलन विश्वकर्माको प्रस्तुतीमा दर्शकले पर्याप्त मनोरञ्जन प्राप्त गरे । भने कार्यक्रमलाई आकर्षक बनाएको थियो ।

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४  मठ्ठडाँडामा जन्मनुभएका रसाइली सहित चार जना कलाकारलाई विहिबार महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको छ । गित संगित मार्फत म्याग्दीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकारहरु हेमन्त कान्छा रसाइली ,प्रकाश दुतराज ,नेशन पुन र शोभा कार्कीलाई सम्मान गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार