लायन्स क्लबद्धारा दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग

  विप्लब कार्की

दरवाङ । सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । लायन्स क्लव अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट ४२ लाख रुपैयाँ मुल्य बराबरको उपकरण खरिद गरेर उपलब्ध गराएको हो ।

उक्त स्वास्थ्य सामाग्री आइतबार एक कार्यक्रमका विच लायन्स क्लवका पदाधीकारीहरुले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष पथबहादुर रोका मार्फत केन्द्रका प्रमुख डाक्टर विजय शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।४२ लाख मुल्ल बराबरको ५०० एमए एक्सरे, कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराइएको लायन्स क्लव अफ म्याग्दी दरवाङका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो ।

लायन्स क्लवका एरिया कोअर्डीनेटर राजन लम्साल, लिमिडाइट पास्ट मल्टीपल काउन्सील अध्यक्ष मनबहादुर रोका र डिस्ट्रिक गर्भनर राम बसेलले उपकरण हस्तान्तरण गर्नुभएको थियो । प्राप्त उपकरणबाट बिरामीको उपचारमा सहज हुने अस्पतालका डाक्टर शर्माले बताउनुभयो ।प्रमुख अतिथि रहनुभएका प्रदेशसभा सदस्य जुग्जालीले ग्रामिण क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग गरेकोमा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उपकरणको प्रयोग गरेर नागरिकलाई सहज रुपमा सर्वसुलभ सेवा उपलब्ध गराउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्राथमिक उपचार केन्द्र दरवाङलाई स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी भएको बताउनुभयो । क्लवले उपलब्ध गराएको उपकरण अस्पताल सञ्चालनका लागी सहयोगी हुने अध्यक्ष गर्बुजाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार