धवलागिरी गाउँपालिकाको फलियागाउँमा दाउरा प्रहार गरी बुहारीको हत्या

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३, स्थित फलिया गाउँमा एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ बर्षिय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा बुहारी २८ वर्षीया अनिता राना मृत्यु भएको हो ।

सामान्य घरायसी विवाद हुँदा इन्द्रबहादुरले प्रहार गरेको दाउराले लागेर घाइते हुनुभएकी अनितालाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ,अनिताको शव परिक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ । स्थानीयबासीका अनुसार यसअघि पनि ससुराबुहारी विच झगडा हुने गरेको थियाे ।

‘इन्द्रबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान र कानुनी कारबाहीको प्रक्रीया अघि बढाइएको छ,’उहाँले भन्नुभयो । बिहान १०ः५० को समयमा ससुरा बुहारीबिच बिवाद हुँदा इन्द्रबहादुरले दाउरा प्रहार गरेका थिए । अपराहन्न बेनी अस्पताल ल्याइएको थियो । यसअघि पनि ससुराबुहारी विच झगडा हुने गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्ष देबिन्द्र रोकाका अनुसार मृतक रानाको माइती घर गुल्मी हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार