साथीको स्मृतिमा भिम माविका विद्यार्थीलाई पुरस्कार

  म्याग्दी न्युज संवाददाता

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो त्रैमासिक परिक्षामा प्रथम, दृतीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गर्नुभएको हो ।

कक्षा प्रथम, दृतीय र तृतीय हुनेलाई कापी र कलम उपलब्ध गराउनुभएको हो । सुवास र मेखु भिम माविका शिक्षक हुनुहुन्छ भने सुमन सिंगापुर प्रहरीमा कार्यरत हुनुहुन्छ ।यसैगरी विद्यालयले हालै भएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण, कास्य र रजत पदक दिलाउने विद्यार्थीहरुलाई क्रमश जनही  एक हजार, पाँच सय र तीन सय रुपैयाँका दरले नगद पुरस्कार वितरण गरिएको छ ।शिक्षक अभिभावक संघका अध्यक्ष रेखा पुर्जाको अध्यक्षता, शिक्षक दिनेश ढकालको सञ्चालन र नरबहादुर बिकले स्वागत गर्नुभएको कार्यक्रममा प्रअ डम्बरबहादुर घर्ति मगले दोस्रो त्रैमासिक परिक्षाको नतिजा सार्वजनिक गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार