नेपाल मगर संघ रघुगंगाको अध्यक्षमा रोसन पुन निर्विरोध चयन

  धनिलाल गर्बुजा

म्याग्दी । नेपाल मगर संघ रघुगंगाको दोस्रो अधिवेशन मौवाफाँटमा सम्पन्न भएको छ । शनिबार नेपाल मगर संघ रघुगंगाको आयोजनामा सम्पन्न दोस्रो अधिवेशनले रोसन पुन मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो ।

अधिवेशनबाट संघको उपाध्यक्षमा सबिना पुन मगर, सचिवमा रविन्द्र गर्बुजा मगर, कोषाध्यक्षमा मञ्जु पाईजा मगर, सह–सचिवमा खिम बहादुर फगामी मगर चयन भएका छन् । त्येस्तै सदस्यहरुमा खुम बहादुर पुर्जा मागर, राज कुमारी गर्बुजा, चित्र बहादुर गर्बुजा, डिलु पुर्जा मगर, एकेन्द्र थजाली मगर, ओम कुमारी सेरपुजा मगर, चेतन गर्बुजा मगर, जित बहादुर पाईजा मगर, बिबश फगामी मगर र प्रिती गर्बुजा मगर लगाएत रहनु भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर संघ म्याग्दीका अध्यक्ष लोकेश पुन मगरले देशै भरी छरिएर रहेका मगरहरु एकजुत भएर अगादी बढ्नु पर्ने बताउदै आफ्ना अधिकारहरु स्थापित गर्न चनाखो हुन ध्यानाकर्षण गराउनु भयो । नेपाल मगर संघ म्याग्दीकी निवर्तमान अध्यक्ष डकमायाँ पाइजाले बर्षौदेखी राज्यबाट पाउने अधिारबाट बञ्चित भएका मगरसमुदाय लगाएत आम आदिबासी जनजाती, दलित, मुस्लिम, मधेशी, महिला अपांगको हकहितकालागी मगर संघले महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

नेपाल मगर संघ रघुगंगाका अध्यक्ष मनकुमार सेरपुजाको अध्यक्षता नेपाल मगर संघ म्याग्दीका जिल्ला सदस्य तथा रघुगंगा संयोजक देब राना मगरको स्वागत र संघका सचिव बिल बहादुर फगामीले सञ्चालन गरेको कार्यक्रममा संघकी सल्लाकार खिमा पुर्जा, जिल्ला सदस्य हिरा बहादुर पुन र जिल्ला सदस्य आंकित पुन लगाएतले निर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा बधाई दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार