अनेरास्ववियुको केन्द्रीय सचिवमा म्याग्दीका पौडेलको उम्मेद्वारी घोषणा

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । विद्यार्थी नेता प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएका पौडेलले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३औँ महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो ।

आफूसँग सङ्गठन सञ्चालनको ज्ञान र क्षमता दुवै भएकाले केन्द्रीय केन्द्रीय सचिव पदमा आफ्नो आवश्यकता रहेको पौडेलको दाबी छ । २०६३ सालमा पुलाचौर स्थित अनेरास्ववियु जनकल्याण माबीबाट स्कुल कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गर्नुभएका पौडेल ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै अनेरास्ववियु म्याग्दीको १८औँ अघिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

अनेरास्ववियूको २२औँ महाधिवेशनबाट केन्द्रिय सदस्य हुँदै गण्डकी प्रदेशको अध्यक्ष पद समेत सम्हाल्नुभएको हो । उहाँको नेतृत्वमा गण्डकी प्रदेशमा “विपतीमा साहारा, विभेदमा विद्रोह” म अखिल भन्ने मूल नारा लिएर संङ्गठनले अभियान नै संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार