उद्योग र पर्यटन क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रयासरत छ:मन्त्री जुग्जाली(भिडिओ)

  म्याग्दी न्युज संवाददाता

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार गर्नको लागि सरोकारवाला र विज्ञहरुसँग छलफलमा जुटेको बताउनुभयो ।

भिडिओ हर्नुहाेस्…

@myagdinews

उद्योग र पर्यटन क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रयासरत छ : मन्त्री जुग्जाली #myagdinews #myagdinewstoday #malikapress

♬ original sound – myagdinews – myagdinews

“गण्डकीमा मौजुदा उद्योग र पर्यटन क्षेत्रको अहिलेको अवस्था, समस्या र समाधानका उपायहरुका बारेमा गहन छलफल गराई निचोडहरुलाई आत्मसात गरी समस्या निदानका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयनको प्रयास गर्नेछु,” उहाँले भन्नुभयो “विश्वब्यापी कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्रमा देखिएको विषम अवस्थामा अल्झिरहनु हुदैन् । नयाँ विकल्पको खोजी र अवलम्बन गर्नुपर्दछ ।”

गण्डकीको सम्बृद्धीको आधार पर्यटननै भएको बताउँदै उहाँले पर्यटनसँगै प्राकृतिक स्रोत साधनलाई उत्पादन र रोजगारीसँग जोड्न विभिन्न २५ वटा औद्योगिक ग्राम र प्रदेश गौरवको आयोजनाका रुपमा दुई वटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालनको परिकल्पना गरिएको जानकारी गराउनुभयो ।
गोरखकाली र भृकुटी कागज कारखानालाई पूनजिवन दिएर रोजगारी सिर्जना, अर्थतन्त्रमा टेवा पुग्ने तथा प्रदेशको चिनारी गराउन प्रधानमन्त्री, संघीय र प्रदेश सरकारका निकायसँग सम्पर्क तथा समन्वय गरेको बताउनुभयो ।

पोखरा अन्तराष्ट्रिय विमान स्थलबाट अन्तराष्ट्रिय उडान गराउने र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को व्यवस्थापनका विषयमा मुख्यमन्त्री मार्फत संघीय सरकारसँग पहल भएको जानकारी गराउनुभयो । डिभिजन र सव डिभिजन वन कार्यालयहरु मार्फत वन डढेलो नियन्त्रण र रोकथाम तथा क्षति न्युनीकरणको प्रयास गरिएको मन्त्री जुग्जालीले बताउनुभयो ।

यसैबीच पोखरामा बुधबार मन्त्रालय अन्तरगत प्रदेशका ११ वटै जिल्लाका पर्यटन तथा उद्योग कार्यालयको उपलब्धी र योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको छ । पर्यटन तथा उद्योग कार्यालयका प्रमुखहरुले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम कार्यान्वयको अवस्था, समस्या, चुनौति र समाधानका लागि भएका प्रयासको बारेमा जानकारी गराउनुभएको थियो ।

उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति विभागका अधिकारी र जिल्ला स्थित कार्यालयका प्रमुखहरुलाई मन्त्री जुग्जालीले योजना तथा कार्यक्रम कार्यान्वयनमा तिब्रता दिन दिन निर्देशन दिनुभयो । उहाँले सहज र छिटो छरितो तथा पारदर्शी दंगले कार्यसम्पादन एवम सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मन्त्रालयका सचिव बद्रिराज ढुंगाना र विभागका सचिव कृष्णबहादुर बोहोराले दुई जना ईञ्जिनियर र नौ जना सवइञ्जिनियर भर्नाको तयारी भएको र प्राविधिक भएपछि योजनाको काम गर्न सहज हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार