मंगला इन्द्रेणी पार्कको उद्घाटन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । उक्त पार्क सहित पार्कमा निर्माण गरिएको दुईतले मंगला खड्ग नन्द सङ्ग्रहालयको उद्घाटन गरिएको छ । पार्क र सङ्ग्रहालयको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभयो । यसैगरी पार्क निर्माणको लागि करिब डेढ करोड रुपियाँ मुल्य बराबरको करिब चार रोपनी जग्गा निशुल्क दान गर्ने मंगला–२,हाल काठमाडौं निवासी इन्द्रबहादुर अधिकारीको सम्माणमा बनाइएको अर्धकदको सालिक समेत अनावरण गरिएको छ ।

क्या.अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिका र मंगला यूवा क्लवको सहयोगमा १० आना जग्गा खरिद गरेर पार्क निर्माण गरिएको पार्कको जग्गादाता, स्थानीयबासी, जनप्रतिनिधि सहितको उपस्थितीमा उद्घाटन गरिएको हो । आन्तरिक पर्यटन प्रवर्द्धन तथा बालबालिका र जेष्ठ नागरिक सहित स्थानीयवासीलाई शारीरिक व्यायाम, विश्रामसहित आनन्दको अनुभूति दिलाउने उद्देश्यअनुसार पार्क र सङ्ग्रहालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

बावियाचौरमा बालमैत्री र बालबालिका लक्षित पार्क तथा बाल उद्यान नहुँदा यसले बालबालिकाको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको अवस्थामा मोबाइल तथा टीभीमा झुण्डिरहने बालबालिकालाई खेलकुदका माध्यमबाट सिकाइने सिकाइ दीर्घकालीन हुने भएकाले पनि पार्क बनाउन जग्गा सहयोग गरेको जग्गादाता क्याप्टेन अधिकारीले बताउनुभयो ।

गएको आर्थिक वर्षमा निर्माणसम्पन्न भएको इन्द्रेणी पार्कमा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । पार्क निर्माणमा यसअघि गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख रुपैयाँ बजेट लगानी गरेको थियो भने बाँकी सबै बजेट गाउँपालिकाले व्यवस्थापन गरेको जनाइएको छ । पार्क बनाउन आवश्यक पर्ने अन्य जग्गा खरिद गर्न मंगला यूवा क्लवले २ लाख र गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले १ लाख सहयोग गर्नुभएको थियो । मङ्गलाको बाबियाचौरमा पार्क निर्माण भएपछि बिहान र बेलुकाको समयमा बालबालिकाहरु पार्कमा पुगेर रमाउन थालेका छन् ।

पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्नेलगायत फनपार्कका संरचनाहरु जडान गरिएको छ । पार्क बनेर सञ्चालनमा आएपछि बालबालिकाहरुलाई लगेर भुलाउन र खेलाउन पाउँदा अभिभावकहरुलाई पनि राहत मिलेको छ । पार्कको मुख्य मैदानभन्दा माथि तीन वटा प्याराफिट निर्माण गरिएको छ । बालबालिकालक्षित अन्य संरचना थपिने तथा ज्येष्ठ नागरिकहरुका लागि पनि शारीरिक व्यायाम गर्ने, मनोरञ्जन लिने र अध्ययन गर्ने लगायतका संरचनाहरु जडान गरिने प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । पार्क परिसरभित्र संग्रालय स्थापनाको लागि भवन निर्माण गरिसकिएको छ भने चालु आवभित्र संग्रालयका लागि आवश्यक पर्ने साम्रागी खदिरमा १० लाख समेत विनियोजन गरिएको छ ।

भने अपाङ्गमैत्री वाक–वे तथा बालउद्यानहरु निर्माण गरिएका छन्। त्यस्तै पार्कको वरिपरि घेराबार गरिएको छ । पार्कको उद्घाटनको पूर्वसन्ध्यामा सहयोगदातालाई पञ्चेबाजामा बावियाचौर बजार परिक्रममा गरिएको थियो । उद्घाटन समारोहमा मंगला माविका प्रधानध्यापक गमबहादुर खत्री, गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष एकजित रोका, पूर्व गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायतले बोल्नुभएको थियो । सोही अवसरमा पहिलो स्थानीय तहको निर्वाचनमा विजय भएका जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार